पूर्वप्रहरी महानिरीक्षक खरेलको ‘आत्मकथा’ विमोचन

काठमाडौं– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्मकथा’ विमोचन गरिएको छ । 

प्रहरी सङ्गठनमा तीनदशक काम गरेका खरेलले सङ्गठनमा काम गर्दा भोगेका सुख, दुःखका क्षणलाई समेटेर तयार पारेकाे पुस्तक पूर्वराष्ट्रपति डा रामवरण यादव र अमर प्रहरी पत्नी वृन्द्रा अधिकारीले संयुक्तरुपमा विमोचन गरेका हुन् ।  

सो अवसरमा पूर्वराष्ट्रपति डा‍. यादवले पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म भोगेका भोगाइ समेटेर प्रहरी सङ्गठन प्रमुखले लेखेको पुस्तक वर्तमान र भावी पुस्ताका लागि पठनीय भएको बताए । उनले आफू राजनीति जीवनबाट राष्ट्रपति बनेको बताउँदै राजनीतिकर्मी र प्रहरीबीचको सम्बन्धका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको बताए । ‘आउने पुस्ताले पुस्तकबाट पाठ सिक्नु जरुरी छ’, उनले भने । 

लेखक एवम पूर्वमहानिरीक्षक खरेलले जागिरको दौरानमा भएका अविस्मरणीय क्षणलाई पुस्तकमा समावेश गरेको बताए ।





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार ७:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया