कपडा सुकिरहेको छ
हजारौं हजार
मेरो अथवा थाहा छैन कसको कपडा
डोरीमा टाँगिएको छ
र, सुकिरहेको छ
म पछिल्ला कयौं दिनदेखि
सहरमा कपडा सुकेको देखिरहेको छु
त्यसलाई पुनः धागो र कपासमा परिवर्तित गरेर
कपडालाई धुन दिइरहेको छ हावा
कपडा पुनः बुन्न लागिएको छ
पुनः काटिँदै र सिलाइँदै छ कपडा
मानिसको हात
र, घुँडाको बराबर
म देखिरहेको छु
गर्मीले ढिलो गरी तताइरहेको छ फलाम
हात र घुँडालाई
बराबर गर्नका लागि
कपडा सुकिरहेको छ
र, बिहान विस्तारै–विस्तारै
तात्दै छ फलाम ।
(केदारनाथ सिंह हिन्दीका प्रख्यात कवि हुन् । सन् १९३४ मा उत्तर प्रदेशमा जन्मिएका सिंहको निधन २०१८ मा भएको थियो । साहित्य अकादमी तथा ज्ञानपिठ पुरस्कार पाएका उनका ‘यहाँ से देखो, जमिन पक रही है, अकाल में सारस’ लगायत कवितासंग्रह प्रकाशित छन् ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।