मकैबारीमा आएको स्याललाई बन्दुकले हान्दा आफ्नै छोराको मृत्यु
फाइल तस्बिर

पाल्पामा एक व्यक्ति स्याललाई भनी हानेको बन्दुकको छर्राले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।  रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरी हानेको बन्दुकको छर्रा लागेर उनका छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लम्तरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेतिर कर्णबहादुरले मकै बारीमा आएको स्याललाई आफूसँग रहेको भरुवा बन्दुकले हानेका थिए । स्याललाई हानेको बन्दुकको छर्राले लागेर छोरा धनबहादुरको मृत्यु भएको हो । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार ११:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया