शव पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

रोल्पा जिल्लामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिकाका–२ शनिबार बिहान करिब ४ बजेतिर स्मृति अस्पतालको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार दुर्घटानमा परी माडी गाउँपालिकाका–६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको छ ।  भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार ११:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया