कर्णालीमा पहिलो ग्याल्भनाइजेसन उद्योग स्थापना

कर्णाली प्रदेशमै पहिलो ग्याल्भनाइजेसन उद्योग स्थापना भएको छ । वीरेन्द्रनगर नगरपालिका—२ मा न्यु भेरी इन्जिनियरियङ वर्कसपले ७ करोड २० लाखको लगानीमा ग्याल्भनाइजेसन उद्योग स्थापना गरेको हो । 

उक्त उद्योगका सञ्चालक वीरबहादुर नेपाली रहेका छन् । सञ्चालक नेपालीले पश्चिम नेपालमा ग्याल्भनाइजेसन उद्योग स्थापना गर्न आफू बल्ल सफल भएको बताए । उनले स्थानीय स्तरमा आवश्यक पर्ने ग्रिलगायत झोलुंगे पुल, बेली ब्रिज, विद्युत पोल, टेलिफोन पोल तथा टावर यस उद्योगबाट निर्माण गरिने जानकारी दिएका छन् ।
 
उद्योगका लागि आवश्यक कच्चा पदार्थ, जनशक्ति भारतमै निर्भर रहनुपर्ने अवस्थामा यस उद्योगले कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आवश्यक पर्ने पुल, बेलीबिज्रका लागि आवश्यक सामान पूर्ति गर्नेछ । 

उद्योगमा ‘फुल फेजको विद्युत नसकेकाले अहिले उद्योगमा ४० जनाले मात्रै रोजगारी पाएका छन् । फुलफेजको विद्युत आपूर्ति हुन सके कम्तीमा दुई सयजनालाई रोजगारी दिन सकिने सञ्चालक नेपालीले दाबी गरे ।

फलामबाट निर्माण गरिएका सामग्रीहरुलाई ग्याल्भजनाइज गरिएमा आयु पाँच गुणा बढ्ने नेपालीको भनाइ छ । 

सो उद्योगको शनिबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले उद्घाटन गरेका हुन् । 

उनले प्रदेशमै नौलो र ठूलो लागतको उद्योग स्थापनाले यहाँका बेरोजगार युवाले रोजगारी पाउनुका साथै झोलुंगे पुल, बेलीब्रिजहरुको आवश्यकता पूर्ति सहज हुने बताए । उनले रोजगारी सिर्जना गर्नमा उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । 



वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले उद्योगसम्म पुग्ने सडक र विद्युतको स्तरोन्नतिको लागि नगरपालिकाले पहल गर्ने आश्वासन दिए । उनले वीरेन्द्रनगरमा पनि क्रमशः ठूला उद्योगहरु स्थापना हुने क्रम बढिरहेको भन्दै त्यसका लागि सहज वातावरण बनाइने उल्लेख गरे । 



  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १८:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया