लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आगामी भदौ १ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
बुटवलस्थित प्रदेशसभा भवनमा बस्ने गरी बैठक बोलाइएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
शनिबार प्रकाशित सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनबाट लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन संवत् २०७८ साल भाद्र महिनाको १ गते मंगलबार दिनको १३ः०० बजे प्रदेशसभा भवन, बुटवलमा बस्ने गरी आह्वान भएकोले प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।