गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापालाई कोरोना संक्रमण भएको हो । 

हाल दुवै मन्त्री आफ्नोै सरकारी निवासको होम आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा मन्त्रीहरुमा कोरोना पोजेटिभ देखिएको हो । 

दुवैजना मन्त्री केही दिनअघि पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागी भएका थिए । त्यसलगत्तै उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । 

दुवै मन्त्रीका परिवार र सचिवालयका अन्य सदस्यको कोरोना परीक्षण गर्दा अन्य कसैको पनि रिपोर्ट पोजेटिभ नआएको बताइएको छ । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १९:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया