‘हिमालय रोडिज’को डिजिटल अडिसन सुरु

हिमालयन टेलिभिजनको कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु भएको छ । कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको छ । कर्यक्रमको यो सिजनका लागि आयोजकले ‘सिजन अफ सर्भाइभल’ भन्ने नारा तय गरेको छ ।

कार्यक्रममा सहभागी हुनका लागि मोबाइल एप डाउनलोड गरी अडिसन फारम भर्नु पर्नेछ । आयोजकले डिजिटल अडिसनका लागि २ साताको समय छुट्टाएको छ ।  यो सिजन कार्यक्रमको  निर्देशन सिमोस सुनवारले गर्दैछन् । यस अघिका ३ सिजन अमन प्रताप अधिकारीले निर्देशन गरेका थिए ।

यो शोलाई साहसी खेल समेत मानिन्छ । सिजनमा पनि अनुप विक्रम शाही, दिया मास्के, आशिष राना र समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा रहनेछन् । कार्यक्रमको संचालन रमेनदास श्रेष्ठले गर्नेछन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार ११:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया