कमेडी च्याम्पियनबाट बाहिरिइन् ऋचा शर्मा

कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन चलिरहेको छ । दोस्रो सिजनमा उपाधिका लागि उत्कृष्ठ ५ जना छनोट भइसकेका छन् । यो सोमा पहिलो सिजनबाटै सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकका रूपमा देखिँदै आएका छन् ।

कमेडी च्याम्पियनमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी ऋचा शर्माले आउँदो शृंखलाबाट सो छाड्ने भएकी छिन् । उनले आफ्नो गर्भावस्थाका कारण सो छोड्ने तयारी गरेकी हुन् । शनिबार प्रसारण भएको शृंखलामा ऋचाले मञ्चबाटै आफू यो सिजनमा अब निर्णायकको रूपमा नरहने बताउँदै सिजन ३ मा भने आफ्नो बच्चासहित उपस्थित हुने जानकारी गराइन् ।

आमा बन्ने मिति नजिकिएसँगै ‘सो’ छाड्न लागेकी ऋचाको ठाउँमा निर्णायक भएर को आउँछ भन्ने चर्चा सुरु भएको छ । ‘सो’ का निर्देशक विशाल भण्डारीले ऋचाको ठाउँमा अतिथि निर्णायकका रूपमा कलाकारलाई बोलाउने तयारी रहेको जनाए । तर अतिथि निर्णायकका रूपमा कार्यक्रममा को उपस्थित हुने भन्ने  खुलाएका छैनन् ।

ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १३:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया