जर्मन फुटबलका लिजेन्ड गर्ड मुलरकाे निधन भएकाे छ ।
वार्यन म्युनिखलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मुलरकाे आइतबार ७५ वर्षकाे उमेरमा निधन भएकाे हाे।
मुलरले बायर्नका लागि १५ वर्ष खेले । उनले बुन्डेसलिगामा ३६५ गाेल गरेका थिए ।
मुलर वार्यनमा जानुभन्दा अगाडि वार्यन सेकेन्ड डिभिजनमा थियाे । मुलर गइसकेपछि उनले वार्यनलाई फर्स्ट डिभिजनमा ल्याउन सफल भए । याे पनि भन्ने गरिन्छ कि वार्यन अहिले जेजस्ताे छ, त्यसमा मुलरकै हात छ ।
मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गाेल गरे । पश्चिम जर्मनीले सन् १९७४ मा विश्वकप जित्दा मुलर नै मुख्य खेलाडी थिए ।
विश्व फुटबलले एक महान हस्ती गुमाएकाे छ । मुलरकाे निधनमा विभिन्न सेलिब्रेटी, खेलाडीहरूले समवेदना प्रकट गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।