हैटीमा भूकम्प : एक हजार २ सय ९७ काे मृत्यु

हैटीमा शक्तिशाली भूकम्पमा परी कम्तीमा एक हजार २९७ जनाकाे मृत्यु भएकाे छ । यसैगरी दुई हजारभन्दा बढी घाइते भएका छन् ।

मृतककाे संख्या अझ बढ्न सक्ने बताइएकाे छ । उद्धार तथा राहत कार्यक्रमलाई तीव्रता दिइएकाे छ ।

हैटीका प्रधानमन्त्रीले एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

हैटीमा हिजाे (आइतबार)बिहान सात दशमलव एक रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो । 

यसअघि सन् २०१० मा हैटीमा शक्तिशाली भूकम्पबाट तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ८:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया