वर्ल्ड एथ्लेटिक्स यु-२० मा नेपालका अजितले प्रतिस्पर्धा गर्ने

वर्ल्ड एथ्लेटिक्स यु-२० मा नेपाली धावक अजित कुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन्।

मंगलबारदेखि सुरु हुने प्रतियोगितामा अजितले ३ हजार मिटर दाैडमा प्रतिस्पर्धा गर्ने भएका हुन् । 

केन्यामा हुने उक्त प्रतिस्पर्धाका लागि खेलाडी र प्रशिक्षक पुगिसकेका छन् । खेल नेपाली समय अनुसार ३ बजे दिउँसो हुनेछ । 

अजितको हालसम्मकाे रेकर्ड ८ मिनेट ३०:३२ सेकेन्ड रहेकाे छ ।  

सन् २०१९ मा हङकङमा भएको एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटरमा स्वर्णमा जितेका अजितले सिधै वर्ल्ड यु-२० खेल्ने मौका पाएका हुन् । 

उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा भने स्वास्थ्यका कारण खेल्न पाएका थिएनन् ।  दुई साताअघि  भारतमा भएको फेडरेसन कपमा पनि  १ हजार मिटर ५०० मिटर दौडमा पनि उनले सहभागिता जनाएका थिए । 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १४:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया