पलसँग नाम जोडिएका अभिनेत्री

पढ्नका लागि पश्चिम नेपालको दाङबाट कलेज पढ्न राजधानी छिरेको एउटा ठिटो, जसको काठमाडौं प्रवेशको एउटा मात्रै उद्देश्य थियो राम्रो पढ्नु । पढ्ने बाहेकको कुनै अर्को सपना नबोकी राजधानी प्रवेश गरेकाे ठिटाेलाई समयले अहिले नायक बनाएको छ । उनी हुन्- पल शाह । उनी अहिले अभिनयसँगै समाज सेवाका कारण निकै लोकप्रिय छन् ।

पलले काठमाडौं आएपछि सुरुमा भिडियो सम्पादकका रूपमा जागिरे जीवन सुरुवात गरेका थिए । त्यसताका पलले निकै गीतका म्युजिक भिडियो सम्पादन गरे । भिडियो सम्पादनका क्रममा उनीभित्र अभिनय मोह फस्टाउँदै थियो । यही समय उनलाई अभिनयको अफर आयो । त्यसपछि अहिलेसम्म उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरे । केही चलचित्रमा पनि अभिनय गरे । 

अभिनय यात्रामा पलको नाम विभिन्न युवतीहरूसँग गाँसियो । करिअरको सुरुवातमा पलको नाम अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठसँग जोडियो । एक म्युजिक भिडियोमा सँगै काम गरेपछि नाम जोडिएको पल र प्रकृतिको जोडीलाई लिएर त्यतिबेला प्रेमको चर्चा पनि गरियो । तर प्रकृति विदेश गएपछि यो जोडीको चर्चा सेलायो ।

त्यसपछि पलको नाम अर्की अभिनेत्री आँचल शर्मासँग जोडिएर आयो । पल र आँचल म्युजिक भिडियोदेखि ठूलो पर्दामा पनि सँगै देखिए । सार्वजनिक कार्यक्रमदेखि विभिन्न अन्तर्वार्तामा पनि उनीहरू सँगै गए । मिडियाकर्मीले लामो समय चर्चामा रहेको यो जोडीको नामाकरण नै गरिदियो ‘आँप’ जोडी भनेर । आँचल र पलको पनि प्रेमको चर्चा भयो । जानिँदो नजानिँदो ढंगमा पल र आँचल दुबैले आफूहरू प्रेममा रहेको स्वीकार समेत गरेका थिए । तर आँचल र पलको यो जोडी पनि टुट्यो । आँचलले डा. उदिप श्रेष्ठसँग लगनगाँठो कसिन् । आँचलले घरजम गर्दैगर्दा पल मुक्तिनाथ पुगे । विहेमा उपस्थित नभएपछि सामाजिक सञ्जालमा आँचलले पललाई धोका दिइन भन्ने बहस नै चल्यो ।

प्लको नाम एकताका अभिनेत्री पूजा शर्मासँग पनि जोडिएर आयो । पूजासँग पनि पलले केहि चलचित्र र म्यूजिक भिडियोमा काम गरे । चलचित्र तथा म्यूजिक भिडियो पब्लिसिटीको समयमा पल र पूजाको जोडी पनि निक्कै चर्चामा आयो । पूजासँगको चर्चा भने फिल्मी रिलिससँगै सेलाएर गयो । 

पलको नाम अर्की मोडल मलिका महतसँग गाँसिएको छ । पल र मलिकाकाको जोडीलाई म्युजिक भिडियोमा दर्शकले खुबै रुचाए । उनीहरूले सँगै अभिनय गरेका ‘फुलबुट्टे सारी’ हिट भयो । यो पछि उनीहरूले ‘टाढा भए पनि’, आँखैमा आउने सपनी’, ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीतमा काम गरे । सबै गीतको म्युजिक भिडियोमा पल र मलिकालाई दर्शकले अत्यधिक रुचाए । यो जोडीलाई लिएर चलचित्र निर्माणको घोषणा पनि भएको थियो । अहिले उनीहरूको चर्चा खासै छैन ।



पछिल्लो समय पलको केमेस्ट्री मोडल गरिमा शर्मासँग जमेको छ । पल र गरिमाको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । त्यसैले पनि म्युजिक भिडियो निर्माता/निर्देशकको रोजाइमा यो जोडी परिरहेको छ । अरू थुप्रै पुरुष कलाकारसँग अभिनय गरेकी गरिमाको चर्चा पलसँगको अभिनयपछि राम्रो देखिएको छ । पल र गरिमाले जोडीका रूपमा काम गरेका म्युजिक भिडियो पनि सफल भएका छन् । पल र मलिकाले ‘पर्दैन पर्दैन’बोलको गीतमा श्रीमान श्रीमतीको भूमिका निर्वाह गरेका छन् । जुन भूमिकाले दर्शकले अत्याधिक रुचाएका छन । यो भिडियोलाई युट्युबमा ३ मिलियनभन्दा धेरै पटक हेरिएको छ । सरोज ओलीको शब्द तथा बेनिशा पौडेल र सुरेश लामाले गाएको यो गीतले निकै राम्रो प्रशंसा पाएको छ । 

यस्तै पल र गरिमाको जोडीलाई थारु भषाको गीतमा पनि रुचाइएको छ । उनीहरुले ‘दिन गिन गिन’ बोलको थारु भषाको गीतमा जोडी बाँधेका पल र गरिमालाई दर्शकले ६ मिलियनभन्दा धेरै पटक हेरेका छन् । पल र गरिमाको जोडीलाई विष्णु माझी र कुलेन्द्र विश्वकर्माको ‘भिटामिन यु’, स्वरूप राज आचार्य र रचना रिमालको ‘लाली ओठैमा’, ‘भण्डारीको गोठ’,  ‘तामा पितल’ लगायतका म्युजिक भिडियोमा निकै रुचाइएको छ । 



  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १४:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया