संसदको चालू अधिवेशन अन्त्य

सरकारले संघीय संसदको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने बेहोराको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाउनुभएको पत्र वाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को ०७८/४/३२ को सिफारिसमा संघीय संसद दुवै सदनको चालू अधिवेशन २०७८ साल साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

सभामुख सापकोटाले राष्ट्रपतिको सो पत्र वाचन गरेपछि प्रतिनिधि सभाको चालू अधिवेशन सोमबार राति १२ बजेबाट स्वतः अन्त्य हुने घोषणा गरे । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । अधिवेशनबाट प्रधानमन्त्री देउवाले विश्वास मत समेत लिएका थिए । 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १६:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया