जसपाको आधिकारिकता विवादबारे परेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च गएका थिए ।
सोमबार न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगको निर्णयले ठाकुर पक्षलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको सर्वोच्चको ठहर छ ।
ठाकुरको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए ।
विपक्षीका तर्फबाट महादेव यादव, हरिहर दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, वीरेन्द ठाकुर, दिनमणि पोखरेललगायत अधिवक्ताले बहस गरेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।