माधव नेपाल पक्षधर भेलामा वामदेव गौतम देखिएका छैनन्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छैनन् ।

यसअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि उनी ओलीको बैठकमा सहभागी हुन गएका थिए । तर, आज सिंहदरबार र बानेश्वरमा बसेको माधवकुमार नेपाल पक्षधर बैठकमा गौतम सहभागी भएका छैनन् ।

गौतम सहभागी नभए पनि उनकी पत्नी तुलसा गौतम बानेश्वरमा माधवकुमार नेपाल पक्षधर सांसदहरुको बैठकमा पुगेकी छिन् ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १४:३६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया