ओली–दाहालको व्यस्तताले रोकियो सचिवालय बैठक

काठमाडाैं– आज (आइतबार) बस्ने भनिएको नेकपाको सचिवालय बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगन गर्नुपरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठक भोलि (सोमबार) बिहान ८ बजेलाई तय भएको छ ।

बैठक आज अपराह्न ४ बजे बस्ने भनिएको थियो । तर, प्रधानमन्त्री ओलीको सचिवालयले बैठक स्थगित गरिएको सूचना पठाएपछि बैठक बस्न सकेन । 

नेकपामा पछिल्लो समय देखिएको विवादका विषयमा बैठक केन्द्रित हुने बताइएको थियो । 

पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल यसअघि पार्टी सचिवालयले गरेको निर्णयदेखि रुष्ट छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन अमेरिका गएका वेला उनले पार्टीका स्थायी समिति सदस्यको भेला गरेका थिए ।



नेता नेपाल प्रदेश तहका इन्चार्ज आफू देशबाहिर हुँदा तोकिएको भन्दै रुष्ट भएका हुन् । 

शीर्ष नेताहरूको व्यस्तता र विदेश भ्रमणका कारण सचिवालयको बैठक ५ असोजयता बस्न सकेको छैन । 
 



  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १७:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया