चार एकीकृत बस्तीका प्रारम्भिक योजना स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजना स्वीकृत गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले ओखलढुंगाको मलेखु गाउँपालिका–३ फुयालगाउँस्थित फुयालगाउँ एकीकृत नमुना बस्ती, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउन्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्ती, सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौंको शंखरापुर नगरपालिका–७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो । 

फुयालगाउँ एकीकृत नमुना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी,  गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ घरधुरी रहनेछन् ।

३ लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न 

यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाख नाघेको छ । प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २ लाख ५१ हजार ५ सय २७ घर निर्माणको क्रममा छन् । 

निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९ सय १७ छ ।





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १८:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया