वामदेव गौतम नेपाल पक्षमा !

नेकपा एमालेमा पछिल्लो समय देखिएको विवाद अन्ततः चरमोत्कर्षमा पुगेको छ । अब नेकपा एमाले विभाजन भएर दुई दल बन्ने निश्चितप्रायः भएको छ । 

यसका लागि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि संकेत गरिसकेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाललाई एमाले विभाजन गर्न सहज हुने गरि अध्यादेश ल्याएका छन् । राष्ट्रपतिबाट जारी हुन बाँकी यो अध्यादेश आएपछि नयाँ दल गठनका लागि निर्वाचन आयोग जाने नेपाल पक्षधरले तयारी गरिसकेको छ ।

यसबीच यसअघि नेकपा एमाले मात्र होइन, नेकपा नै एक हुनु पर्छ भन्ने आवाज उठाइरहेका नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम चाहिँ नेपाल पक्षमा लाग्ने भएका छन् । 

मंगलबार बानेश्वरमा भएको नेकपा एमाले माधवकुमार नेपाल पक्षधर सांसदहरुको भेलामा गौतम नदेखिए पनि उनले नेपाललाई आफूले साथ दिने सन्देश पठाएका छन् । 

स्रोतका अनुसार गौतम र उनकी पत्नी तुलासा थापाले साथ दिने भएपछि संसदीय दलमा पनि नेपालले २० प्रतिशत सांसद आफ्नो पक्षमा पुर्याउने भएका छन् ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार २१:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया