नेकपा एमालेकी राष्ट्रिय सभाकी सदस्य कोमल ओलीले सामाजिक सन्जाल ट्विटरमा एउटा सानो स्टाटस लेखेकी छिन्, आज नरमाइलो लाग्यो ।
आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा पुगेकी ओलीले आज एमालेमा भएका गतिविधिकै विषयमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
‘आज अध्यादेश ल्याएर एमाले फुटाउन खोजिएको छ,’ फरकधारसँग उनले भनिन्, ‘एमालेले पनि माधवकुमार नेपाललाई कारवाही गर्यो । यो निकै दुखद कुरा हो, नरमाइलो लागेकाले नै यो स्टाटस लेखेकी हुँ ।’
ओली एमालेमा लागे देखि नै अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुल्दै आएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।