इन्टरपोल प्रमुख हाम्रो नियन्त्रणमा छन्ः चीन

एजेन्सी– इन्टपोलका प्रमुख मेङ्ग होङ्गवेई चीनको कब्जामा भएको चीनले स्वीकारेको छ । केही दिनयता उनी चीन भ्रमणमा जाँदा हराएको भन्ने समाचार आएका थिए । फ्रान्सले उनको खोजी सुरु गरेको थियो ।

चीनले होङ्गवेईसँग केही विषयमा सोधपुछ गर्नुपर्ने, उनले चिनियाँ कानुन उल्लंघन गरेको भन्दै आफूले गिरफ्तार गरेको जनाएको छ । 

होङ्गवेई फ्रान्सको लियोन सहरमा बस्थे जहाँ इन्टरपोलको मुख्यालय छ । २५ सेप्टेम्बरमा उनी इन्टरपोलको मुख्यालयबाट बाहिर निस्किएपछि कहाँ गए भन्ने खुलेको थिएन । 

उनकी पत्नी ग्रेस मेङ्गले आफ्ना पतिको ज्यान खतरामा रहेको हुनसक्ने आशंका सहित खोजी गरिदिन फ्रान्समा अनुरोध गरेपछि उनको खोजी कार्य सुरु भएको थियो ।

चीनले होङ्गवेईलाई पक्राउ गरेको स्वीकार गरेको भए पनि उनीमाथि के आरोप लागेका छन् भन्ने चाहिँ बताएको छैन । सन् २०१६ मा इन्टरपोलका प्रमुख भएका होङ्गवेई यसअघि चीनको सुरक्षा विभागका उपमन्त्री थिए । इन्टरपोल प्रमुख हुने उनी पहिलो चिनियाँ नागरिकसमेत हुन् ।
 





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार २३:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया