काठमाडाैं– नेपाली काङ्ग्रेसले भातृ संस्था नेपाल विद्यार्थी (नेवि) संघमा ३२ वर्षे उमेर हद लगाएकाे छ । अब नेवि संघकाे १२ अाैं महाधिवेशनदेखि ३२ वर्ष कटेका विद्यार्थीले उम्मेदवारी दिन पाउने छैनन् ।
अाइतबार मध्यरातमा सकिएकाे काङ्ग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकले नेवि संघमा उमेर हदबन्दी लगाउने निर्णय गरेका हाे । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संघको ११ औं महाधिबेशनबाट पारित ३२ वर्षे उमेर हदको व्यवस्था कायम राख्ने निर्णय गरिएकाे हाे ।
याे विधानलाई २५ असाेजमा बस्ने केन्द्रीय समितिकाे बैठकले अन्तिम समर्थन गर्ने शर्माले बताएका छन् ।
तर याे विधान पारित गर्दा अावश्यक छलफल नगरिएकाे भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतले आपत्ति जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।