महन्थको नयाँ पार्टी: जसपा नेपाल (लोकतान्त्रिक), चुनाव चिन्ह: साइकल छाप

जनता समाजवादी पार्टी(जसपा) का नेता महन्थ ठाकुर नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा पुगेका छन् ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएपछि जसपाका ठाकुर समूहले नयाँ दल दर्ता गर्न लागेकाे हाे ।

राजनीतिक दल सम्बन्धीको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वीकृत भएलगत्तै ठाकुर समूहले आफूसँग रहेका सांसद तथा नेताहरूलाई लिएर निर्वाचन आयोग जाने तयारीमा रहेको उनी निकट एक सांसदले जनाए ।  

ती सांसदका अनुसार ठाकुर समूहको नयाँ पार्टीको नाम जसपा नेपाल (लोकतान्त्रिक) रहनेछ । 

ठाकुर समूहले आफ्नो खेमामा रहेका सांसदबाट थपेर सुरुमा २३ सदस्यीय कार्यकारिणी समिति बनाइ दल गठन गर्ने तयारी गरेको छ । 

स्रोतका अनुसार चुनाव चिन्ह साइकल छाप रहनेछ ।



ठाकुर समूहले अब एकल अध्यक्ष प्रणालीमा नयाँ पार्टी दर्ता गर्ने विधान तयारी गरेको स्रोतले जनाएको छ ।

ठाकुर समूहमा अहिले १४ जना सांसद र १६ जना कार्यकारिणी समितिको समर्थन रहेको छ ।



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १३:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया