जापानको टोकियोमा आयोजना हुने पारा ओलम्पिकमा नेपालको तर्फबाट १ खेलाडी र ४ सदस्यीय टोली जापान प्रस्थान गर्ने भएको छ ।
अगस्ट २४ देखि सुरु हुने पाराओलम्पिकमा नेपालको तर्फबाट पलेशा गोवर्धनले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछिन् ।
उनी वाइल्ड कार्ड मार्फत यस प्रतियोगिताका लागि छनोट भएकी हुन् । उनीसँगै उनका प्रशिक्षक कविराज नेगी लामा पनि सँगै जापान जानेछन् ।
खेलाडी र प्रशिक्षक बाहेक दी मिसनका सरोज श्रेष्ठ, फिजियो डाक्टर दीपक श्रेष्ठ र कोभिड लाइसेन्स अफिसर विश्वास बस्नेत पनि उनीसँगै यस टोलीमा सहभागी हुनेछन् ।
टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।