माधव नेपालको नयाँ पार्टी : नेकपा एमाले (समाजवादी ), चुनाव चिन्ह : खुला किताब

एमाले माधव नेपाल समूह नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेको छ । राष्ट्रपति कार्यालयबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै आजै नयाँ दल दर्ताको प्रक्रियाका लागि नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा छन् । 

नयाँ दलको चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले फरकधारलाई जानकारी दिए । उनका अनुसार  नेकपा एमाले समाजवादी वा नेकपा समाजवादी मध्ये एक नाम हुनेछ । 

‘धेरै संभावनाहरूमध्ये विकल्प निर्वाचन आयोगबाटै हेर्ने भनिएको छ । नेकपा एमाले समाजवादी वा नेकपा समाजवादी यस्तै मध्ये कुनै एकमा हेर्ने भन्ने छलफल भएको छ’, खतिवडाले फरकधारसँग भने ।
 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १४:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया