नयाँ दल दर्ताका लागि माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगे

नयाँ दल दर्ताका लागि माधव नेपालसहित उनी पक्षधर नेताहरु बुधबार निर्वाचन आयोग पुगेका छन्।

एमालेबाट विधिवत रुपमा अलग्गिने तयारीमा पुगेको एमालेको  नेपाल पक्षले नेकपा एमाले (समाजवादी) नाममा पार्टी दर्ता गर्ने तयारी गरेको छ । 

नेपालसहितका नेताहरु निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको कार्यकक्षमा पुगेर उनीसँग भेट गरेका छन् । 

नेपाल पक्षले चुनाव चिह्न ‘खुला किताब’ राख्ने तयारी गरेका छ । तर, सो चिह्न यसअघि नै अन्य पार्टीले पाइको दाबी आएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दल विभाजनको प्रावधानसहित अध्यादेश जारी गरेकी छिन् । सो प्रावधानले  माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १६:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया