बङ्गलादेशसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा

काठमाडौँ– साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा अाइतबार सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा जमाएको हो । 

बङ्गलादेशका लागि मसुरा पर्विनले गोल गरिन् । उनले खेलको ४९ औँ मिनेटमा गरेको एक गोल नै बङ्गलादेशको लागि निर्णायक सावित भयो । समूह ‘बी’ मा रहेको नेपाल बङ्गलादेशसँग समूह चरणको खेलमा २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार ७:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया