माधव नेपालको सुरक्षाका लागि एउटा गाडीसहित पाँच सुरक्षाकर्मी थपिए

सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका लागि सुरक्षाकर्मीको संख्या बढाएको छ ।

प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नयाँ पार्टी दर्ताको लागि निवेदन दिएसँगै उनको सुरक्षा बढाइएको हो ।  

प्रहरी प्रधान कार्यालयका अनुसार नेपालको सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँचजना सुरक्षाकर्मी थपिएको हो ।

नेपाललाई यसअघि नेपाल प्रहरीका दुई र सशस्त्रको गाडीसहितको टोली सुरक्षाका लागि दिइएको थियो । 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १९:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया