माधव नेपालको साथमा यसअघिको स्थायी कमिटीका दुई जना मात्रै

नेकपा एमाले (समाजवादी)का संयोजक माधवकुमार नेपाल यसअघि उनलाई साथ दिएका निकै धेरै नेताहरु गुमाएका छन् ।

आज निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेका नेपाललाई यसअघि साथ दिएका स्थायी कमिटीका सदस्यले पनि नयाँ पार्टी गठन गर्दा उनलाई साथ दिएका छैनन् ।

यसअघि उनको पक्षमा उभिएका मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र अहिले नेपाललाई साथ दिएका छन् ।

यसअघि उनको पक्षमा देखिँदै आएका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्तलगायतले उनको साथ छोडेका छन् ।

त्यस्तै, नेपाल पक्षमा रहेका केही केन्द्रीय सदस्यहरुले पनि अब उनको साथ छोड्ने बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १९:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया