सुदूरपश्चिम प्रदेशमा माधव नेपालको पक्षमा दुई सांसद

सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री माया जोशीले माधवकुमार नेपाललाई साथ दिएकी छन् । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी जोशी नेपालले दर्ता गराएको एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा छिन् ।

जोशीसँगै प्रदेशसभा सदस्य एवं पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि माधव नेपाललाई साथ दिएकी छन् ।

उनी पनि एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य बनेकी छन् । एमाले विभाजनका बेला माधव नेपाल समूहमा १७ जना प्रदेशसभा सदस्य देखिए पनि नयाँ दल दर्ता गरेपछि दुईजनाले मात्र साथ दिएका छन् ।

कानुनमन्त्री जोशीले नेपाल नेतृत्वको नयाँ पार्टी रोजे पनि माधव नेपाल पक्षमै रहेका अरु तीनजना मन्त्री भने विभाजनको विपक्षमा उभिएका छन् । 

एमाले औपचारिक रुपमै विभाजन हुँदा नेपालले १७ मध्ये दुईजना प्रदेशसभा सदस्यको मात्र साथ पाएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुुपर्ने सुुविधा दिएकाले यो संख्या नै अन्तिम भन्न नसकिने नेताहरु बताउँछन् । 

एमालेभित्रको किचलोका कारण एक वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकार फेरिने चर्चा चल्यो । एमालेभित्रको विवाद सुरु भएदेखि प्रदेश सरकार विशेष गरी नेता भीम रावलको सेरोफेरोमा सञ्चालनमा भयो । 



एक वर्षयता एमालकै नेतृत्वमा सरकार बनाउने प्रयास गरे पनि त्यो सम्भव भएन । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार जेठ १५ गते पुनर्गठन भयो । एमालेभित्र वरिष्ठ नेता माधव नेपाल र पार्टी अध्यक्ष ओली पक्षको टकारावले गर्दा प्रदेशमा एमालले आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भयो । रावलले लिने निर्णयले यहाँको अंकगणित फेरबदल हुुने सम्भावना छ ।

यसअघि माधव पक्षमा उभिएका रावलले बुधबार उनको साथ छाडेका छन् । त्यो असर सुदूरपश्चिममा पर्ने भएको छ । माधव नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी गठन भएपछि रावलले साथ छाडेका हुन् ।  



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:२४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया