[भिडियाे] रामकुमारी झाँक्रीले भनिन्– बल्ल दुई वटा दल भए, एकताको आधार तयार भयो

बुधबार दिउँसो निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको दल नेकपा एमाले समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुले बाध्य भएर नेकपा एमाले छोडेको बताएकी छिन् ।

दिउँसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि सन्चारकर्मीसँग कुराकानी गर्दै शाक्यले पार्टी दर्ता भएको र यसको चुनाव चिन्हबारे पछि छलफल गरिने बताएकी हुन् ।

उनले ३१ वर्षदेखि आफूहरुले नेकपा एमालेमा काम गरेकाले र यसको लिगेसी भएकाले अहिले नै पार्टीको नाम छोड्न नसकेकाले नयाँ दलको नाममा पनि एमाले राखेको बताएकी छिन् । ‘एमालेलाई हामीले पनि बनाएका हौँ,’ उनले भनिन्, ‘त्यसको लिगेसी हामीसँग पनि छ, त्यही भएर पनि यसको नाम एमाले पनि राखिएको हो ।’

उनले अब नयाँ दल र आफ्नो पार्टी एकता हुनसक्ने सम्भावना सुरु भएको पनि बताएकी छिन् । ‘एकताका लागि अब बल्ल आधार बनेको छ,’ उनले भनिन्, ‘एकता एउटै पार्टीमा कसरी हुन सक्थ्यो, अब दुई पार्टी भएका छन्, एकताको आधार भएको छ ।’ उनले माधवकुमार नेपालको यो पार्टी सरकारमा जाने या नजाने आयोगमा पार्टी दर्ता भइसकेपछि पार्टीले नै निर्णय गर्ने पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया