एमाले समाजवादीको निवेदन काम नलाग्ने, फेरि निवेदन दिनु पर्ने

बुधबार नेकपा एमालेबाट छुट्एिर नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालको बुधबारको निवेदन मान्य नहुने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याएपछि नेकपा एमाले समाजवादी नाममा ९५ सदस्यीय केन्द्रीय कमिटी बनाएर नेपाल निर्वाचन आयोग पुगेका थिए ।

मंगलबार नै सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुर्याएको थियो । तर, बुधबार राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोग पुगेको नेपाल समूहले अध्यादेश राजपत्रमा सूचिकृत नभएको ख्याल गरेको थिएन ।

नेपाल समूहले निवेदन दिँदा रात्रपत्रमा अध्यादेश प्रकाशित नभएकाले यो समूहले यो पार्टीका लागि फेरि निवेदन दिनु पर्ने भएको निर्वाचन आयोग स्रोतले फरकधारलाई जानकारी दिएको छ ।

‘अब फेरि उहाँहरुले निवेदन दिनु पर्ने हुन्छ, उहाँहरुको निवेदन आएलगत्तै सबै प्रक्रिया अगाडि बढाइन्छ,’ निर्वाचन आयोगका एक अधिकारीले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १९:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया