सरकारमा कहिले जाँदै छ माधवकुमार नेपालको एमाले ?

नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सरकारमा सहभागी हुने भएका छन् ।

बिहीबार विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा उनले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

‘नेपालले आफूलाई सम्मानजनक मन्त्रालय र संख्या आवश्यक पर्ने सर्त राख्नुभएको छ,’ स्रोतले फरकधारलाई बतायो, ‘उहाँले समाजवादी पार्टीको बराबरी संख्यामा मन्त्रालयलाई आफूलाई आवश्यक पर्ने बताउनु भएको छ।’

आफूसँग नजिक भनेका सांसद पनि टाढिन खोजेको भन्दै नेपालले आफूलाई यसपटक आफ्नो नयाँ पार्टी बलियो बनाउनका लागि पनि धेरै मन्त्रालयको आवश्यकता रहेका छलफलमा बताएका छन् ।

बिहीबार नै एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नेपाल सरकारमा सहभागी हुने संकेत गरिसकेका छन् ।

‘उहाँहरुले दल दर्ताका लागि निवेदन दिनु भएको छ,’ प्रचण्डले कार्यक्रममा भनेका थिए, ‘दल दर्ताको प्रक्रिया पूरा भएपछि सरकारमा सहभागी हुने विषयमा छलफल हुनेछ ।’



बुधबार दल दर्ताका लागि निर्वाचन आयोग पुगेकी नेकपा एमाले समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि पार्टी सरकारमा जाने विषय पार्टी दर्ता सकिएपछि निर्णय गरिने बताएकी छिन् । 



  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार २०:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया