‘महाकवि देवकोटा संग्रहालय’को शिलान्यास सम्पन्न

महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास रहेको स्थानमा बन्न लागेको ‘महाकवि देवकोटा संग्रहालय’को बिहीबार शिलान्यास गरिएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौं महानगरपालिका–३० मैतीदेवीमा रहेको कविकुञ्ज’लाई  ‘महाकवि देवकोटा संग्रहाहालय’का रुपमा पुनर्निर्माण गर्न लागेको हो । 

भग्नावशेषमा परिणत भइसकेको कविकुञ्जको बाह्य स्वरूप आउने गरी पुनर्निर्माण गर्न लागिएको संग्रहालय भवनको बिहीबार दिनको १२ः२५ बजेको साइतमा वैदिक विधिपूर्वक प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शिलान्यास गरेका हुन् । 

 शिलान्यास कार्यक्रममा महाकवि देवकोटा पुत्र प्रा.डा.पद्मप्रसाद देवकोटा र देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमाल तथा कान्छी छोरी, देवकोटाकी पनातिनी मञ्जिला अनिल, ३० नं का वडाअध्यक्ष दलबहादुर कार्की, स्थानीय शास्त्रीमार्ग उपभोक्ता समितिका पदाधिकारी, महाकवि मार्ग टोल समितिका पदाधिकारी, महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण स्थानीय सहयोग समितिका पदाधिकारी र सल्लाहकार, स्थानीय बुद्धिजीवी, समाजसेवी, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति, सचिव, प्राज्ञ परिषद्का सदस्यहरू, महाशाखा प्रमुखलगायतका अधिकृत कर्मचारीको सहभागिता थियो । 

संग्रहालय भवन ०७८ चैत्रभित्र तयार गर्ने र ०७९ आषाढसम्ममा सञ्चालन गर्ने उद्देश्यसहित अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार २१:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया