गाेकुल बाँस्काेटा भन्छन्- हुँदै नभएकाे किताब धारा कहाँबाट आयाे ?

पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य गाेकुल बाँस्काेटाले हुँदै नभएकाे किताब धारा कहाँबाट आयाे भनी कटाक्ष गरेका छन् ।

बाँस्काेटाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टीकाे चुनाब चिन्ह खुला किताब राखेकाले उनीप्रति लक्षित गरी कटाक्ष प्रहार गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर हुँदै नभएको किताब धारा चैं कहाँबाट ल्यायो फेरि ? बाईस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कन्चन्जंघासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा MCC 607 को 5.5 होला ।’





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ८:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया