विवेक श्रेष्ठले जिते युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता-२०२१ को उपाधि

१८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता– २०२१ को उपाधि ललितपुरका फोटोग्राफर विवेक श्रेष्ठले जितेका छन् । 

प्रतियोगितामा ३८ जिल्लाका ३६६ जना फाेटोग्राफरले ५१३ वटा फोटा पठाएका थिए । 

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्स बी सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए ।
 
फोटो व्यवसायीहरूको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरूको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रिय माझ पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए ।

फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरूलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरकार सम्मान र फोटोको मूल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागीहरूलाई निःशुल्क तालिमको व्यवस्था गरेको छ । 

उत्कृष्ट फाेटाे :





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ९:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया