सामाजिक सञ्जालमा भाइरल अज्ञात ‘राम बहादुर’

सामाजिक सञ्जालमा अहिले एउटा नेपाली नाम भाइरल बनेको छ  । त्यो नाम हो- राम बहादुर।

को हुन् त यी राम बहादुर ? कहाँबाट आए उनी ? 

यी प्रश्न धेरैको मनमा उठेको हुनसक्छ  । धेरै नेपालीसँग मिल्ने नाम हो ‘राम बहादुर’ । तर जुन राम बहादुर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्, उनको अस्तित्व भने यो संसारमा छैन । उनी भर्चुअल रूपमा नै भाइरल बने । 

यी राम बहादुरलाई भर्चुअल जन्म दिएका हुन् युवा उद्यमी सौरभ ज्योतीले । सञ्जय सिलवाल गुप्तासँगको अन्तर्वार्ताका क्रममा सौरभले नेपाली सामग्रीको उपयोगमा जोड दिँदै राम बहादुरलाई एउटा आम नेपालीको रूपमा प्रस्तुत गरेका थिए । राम बहादुरलाई उनले उदाहरणको रूपमा प्रस्तुत गरेका थिए । 

‘राम बहादुर भन्ने एउटा साधारण नेपाली । अलार्म क्लक बज्छ अनि उठ्छ बिहान । अलार्म क्लक निभाउँछ । अलार्म क्लक मेड इन चाइना । किचनमा जान्छ जिन्स लगाउँछ लिभाइज । सर्ट लगाउँछ बंगलादेशमा बनेको । त्यसपछि मोटरसाइकलमा निस्कन्छ जागिर खोज्न, जुन मेड इन जापान हुन्छ । पुरै दिन जागिर खोज्दै बित्छ, थाकेर फर्किन्छ । सोफामा बस्छ जुन मलेसियामा बनेको हुन्छ । त्यसपछि फ्रेन्च वाइन लिन्छ । त्यसपछि टिभी हेर्छ जुन मेड इन चाइना हुन्छ । हामीले हाम्रो सोचमा परिवर्तन ल्याउनु छ,’ सौरभले भनेका थिए । 

सौरभले उदाहरणको रूपमा पेश गरेका राम बहादुर वेरोजगार आम नेपालीभन्दा फरक भएपछि धेरैले सामाजिक सञ्चालमा ‘गरिब हुन पाए’ भन्दै उनको आलोचना गरेका छन् । 



‘काठमाडौंको एउटा वर्ग जसले काठमाडौं बाहिरको समाज न कहिल्यै बुझ्यो न बुझ्ने प्रयास गर्यो । यो वर्गको हातमा अर्थतन्त्रको ठूलो हिस्सा छ तर उनीहरू साधारण जनसमुदायबाट पूर्ण रूपमा डिसकनेक्टेड छन् । त्यही भएर टाउको दुखेको बेला घुँडामा लगाउने औषधि सिफारिस गर्छन्,’, पत्रकार अजय दासले सौरभको भिडियो रिट्वीट गर्दै ट्वीटरमा लेखेका छन् । 



  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १३:३८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया