फाइनल भए नेपाल आइडलका नयाँ निर्णायक

गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन सुरु हुने चरणमा छ । चौथो सिजनका लागि अहिले डिजिटल अडिसन भइरहेको छ । पहिलो सिजनबाटै चर्चित भएको शो को चौथो सिरिजमा आएर ‘शो’का सम्पूर्ण निर्णायक परिवर्तन भएका छन् ।

नेपाल आइडलको मञ्चमा यसपटक बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान निर्णायका रुपमा देखिने भएका छन् । नेपाल आइडलको निर्णायकका रुपमा सम्झौता गरेपछि संगीतकार बाँस्कोटाले आफ्नो एउटा रहर पूरा भएको बताएका छन् ।

गायिका मोक्तान र गायक पोख्रेलले नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफूहरु निक्कै खुसी भएको भनेका छन् । शिवानीले भनेकी छिन, ‘नेपाल आइडल आउँछु भन्ने थियो, जुर्दो रहेछ ।’ उनले हिजोजस्तै नेपाल आइडलको यो सिजन पनि लोकप्रिय हुने विश्वास व्यक्त गरेकी छिन् ।

नेपाल आइडलको यो सिजनमा मोडल रेश्मा घिमिरे पनि निर्णायकको भूमिकामा देखिने छिन् । नेपाल आइडलका अघिल्ला ३ सिजनमा न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकका रुपमा थिए । 

उनीहरु अर्कै रियालिटी शो को तयारीमा लागेपछि आइडल परिवारले चौथो सिजनका लागि नयाँ निर्णायक खोज्नु परेको हो । 





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १६:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया