तालिबानबाट क्रिकेटलाई खतरा छैन, टिममा उत्साह छ : अफगान क्रिकेट बोर्ड

अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख हामिद शिनवारीले तालिबानबाट क्रिकेटलाई कुनै खतरा नभएको र टिममा उत्साह भएको बताएका छन् । 

अफगानी क्रिकेट टिम श्रीलंकामा हुन गइरहेको पाकिस्तान विरुद्धकाे एक दिवसीय सिरिजको तयारी गरिरहेको छ । 

शिनवारीले राष्ट्रिय टिम काबुलमा अभ्यास गर्न उत्साहित रहेको कुरामा जोड दिए।

समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले भने,‘ पछिल्लो तालिबानी सरकारमा क्रिकेटमा कुनै समस्या थिएन र अब फेरि पनि हुने छैन । मलाई याद छैन कि तालिबानले कहिल्यै क्रिकेटलाई लिएर समस्या निकालेको छ ।’

‘हामी अफगानिस्तानमा क्रिकेटलाई पुनर्जीवित गर्नका लागि प्रतिबद्ध छौँ । हाम्रो भारतीय र पाकिस्तानी क्रिकेट बोर्डसँग बलियो सम्बन्ध छ र हामी अन्तर्राष्ट्रिय क्रिकेट समुदायका हिस्सा हौँ’, उनले थपे ।

विमान सेवा सुरु भएपछि टिमलाई श्रीलंका पठाउने योजनामा अफगानी क्रिकेट बोर्ड रहेको छ । बोर्डले १० सेप्टेम्बरबाट काबुलमा आफ्नो टी-२० लिग सुरु गर्ने घोषणा गरिसकेको छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार ७:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया