हास्यकलाकार शम्भुराज थापाको निधन भएको छ ।
शनिबार बिहान पाटन अस्पतालमा थापाकाे ६४ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
काेराेना संक्रमण पुष्टि भएपछि थापा पाटन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिँदै थियाे।
थापाले ‘हल्का रमाइलो’, ‘भद्रगोल’, ‘मेरी बास्सै’, ‘गोलमाल’लगायतका सिरियल र विभिन्न चलचित्रमा अभिनय गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।