काठमाडौं उपत्यकामा थपिए ६६७ संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६६७ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौंमा हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० सङ्क्रमितको मृत्यु भएको छ । 

योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १८:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया