आज जनैपूर्णिमा : मन्दिर/देवालय बन्द, भीडभाड नगरी मनाउन आग्रह

आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनैपूर्णिमा  देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा बन्धन बाँध्ने गर्छन् । तागाधारीले विधिपूर्वक मन्त्रिएको नयाँ जनै लगाउने गर्छन् ।

किन मनाइन्छ जनैपूर्णिमा ?

पौराणिक कथा अनुसार सत्ययुगमा देवराज इन्द्रसहितका देवगण र दानवबीच लामो समय युद्ध भयो । युद्धमा देवताहरु पराजित भए । दानवबाट लखेटिएका देवताहरु गुरु वृहस्पति कहाँँ पुगे । श्रावण शुक्ल पूर्णिमाका दिन गुरु गुरु वृहस्पति मन्त्रेर दिएको यज्ञोपवीत(जनै) र रक्षा बन्धन बाँधेपछि दावनबाट उनीहरुको रक्षा भएको कथामा उल्लेख छ । 

सोही प्रसंगका आधारमा श्रावण शुक्ल पूर्णिमाका दिन गुरु, पुरोहितबाट मन्त्रीएर दिएको जनै र रक्षा बन्धन धारण गर्नाले शत्रुबाट रक्षा हुने धार्मिक विश्वास छ । 

हिन्दु शास्त्रअनुसार कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र– सप्तऋषिलाई तर्पण दिइने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणीको नाम दिइएको हो। 

यो पढ्नुहोस् : यी ठाउँमा लाग्छन् जनैपूर्णिमाको विशेष मेला



जन पूर्णिमाका अवसरमा नेपालका विभिन्न स्थानमा भव्य भेला लाग्ने गरेको छ । यसमा रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकका पाँच पोखरी, दोलखाको शैलुङ, दोलखा र रामेछापको सिमाना पर्ने जटापोखरी, बाजुराको बडीमालिकालगायत धार्मिक क्षेत्रमा ठूलो मेला लाग्ने गर्छ। 

काठमाडौं उपत्यकामा पाटलको कुम्भेश्वर, काठमाडौको मणिचूड दह लगायतका क्षेत्रमा मेला लाग्छ । पशुपतिनाथ लगायत विभिन्न देवालय तथा मन्दिरमा पूजाआजा गर्ने र रक्षा बन्धन बाँध्ने, बाधिदिनेको गरेको देखिन्छ । 



कोरोना संक्रमणका कारण नियमित पूजाबाहेकका लागि मन्दिर। देवालय खोज्न निषेध गरिएको छ । यस पटक भीडभाड नगरी सामान्य रुपमा जनैपूर्णिमा पर्व मनाउन प्रशासनले आग्रह गरेको छ । 

  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार ७:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया