वामदेवको सचिवालयले भन्यो-उहाँ एमालेमै हुनुहुन्छ, चरित्र हत्या गर्न खोजियो
फाइल फाेटाे

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले जानकारी दिएको छ । एमाले विभाजन भएपछि गौतम पनि माधव नेपाल समूहले गठन गरेको नयाँ पार्टी नेकपा(एकीकृत समाजवादी)मा लागेको चर्चा थियो । गौतम आफैँले यसबारे केही बोलेका थिएनन्।

आइतबार गौतममा स्वकीय सचिव दिपक टमाटाले सूचना दिई यसबारे प्रष्ट पारेका छन् । केही दिन देखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा गौतमको नाम जोडेर आएका विषय सत्य नभएको उनले भनेका छन् । 

‘वामदेव गौतम मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको  चरित्र हत्या गर्नु बाहेक केही होइन’ उनको सचिवालयले भनेको छ ।

गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेतृत्व(केपी ओली)को कार्यशैलीप्रति मतभेद राख्दै आएको  टमाटाले बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १२:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया