पोखरा रंगशालामा अब रात्रिकालीन फुटबल प्रतियोगिता पनि सञ्चालन गर्न सकिने

पोखराको फुटबल रंगशालामा ‘फ्लड लाइट’ (बत्ती) राखिने भएको छ । 

अन्तर्राष्ट्रिय स्तरको उक्त रंगशालामा रातिको समयमा खेल कार्यक्रम सञ्चालन गर्न उक्त बत्ती राखिने भएको हो । यस कार्यका लागि राष्ट्रिय खेलकुद परिषदले ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । 

तीन वर्षअघि बनाउन सुरु गरिएको उक्त रंगशालाको काम अब भने अन्तिम चरणमा पुगेको छ । एक अर्ब २८ करोड लागतमा निमार्ण सुरु गरिएको उक्त रंगशालामा पहिला ‘फ्लड लाइट’ राख्ने भन्ने कुरा भएको थिएन । 

पोखराका खेलकर्मीहरूले राति खेल सञ्चालन गर्न फ्लड लाइट अत्यावश्यक रहेको बताए पश्चात् राखेपले ‘फ्लड लाइट’को व्यवस्था गर्ने भएको हो ।
 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १३:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया