माधव नेपाललाई ६ मन्त्रालय दिएर सरकार विस्तार गर्दैछन् देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दलहरुबीच सरकारलाई विस्तार गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । अब नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकिकृत समाजवादी खोल्न लागेका माधवकुमार नेपालको दल दर्ता भए लगत्तै सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।

निर्वाचन आयोगले यो दल दर्ताको प्रमाणपत्र आगामि बुधबार दिनसक्ने अनुमान गरिएको छ । ९ भदौका लागि निर्वाचन आयोगले प्रस्तावित एकिकृत समाजवादीका नेताहरुलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको छ ।

यसअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको यो समूहबाट सरकारमा अब ६ जना मन्त्री हुने भएका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसलाई ७ र सत्ता साझेदार माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहलाई १८ मन्त्रालय बराबरी रुपमा भाग लगाउने भएका छन् ।

‘सरकार विस्तारको काम सम्भवतः यही साताको अन्त्यमा वा अर्को साताको सुरुवातमा नै भइसक्छ,’ देउवानिकट एक कांग्रेस नेताले फरकधारलाई भने, ‘सरकारमा आउन माधवकुमार नेपाल समूहलाई कुरिरहेकाले पनि अहिलेसम्म सरकार विस्तार हुन नसकेको हो ।’





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार ६:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया