काठमाडौं– टी–ट्वान्टी विश्वकप छनोटमा समूह ‘बी’ को खेलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो ।
नेपाल थाइल्यान्डसँगको तेस्रो खेलमा १४० रनको फराकिलो अन्तरले जित निकालेसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले ३ खेल नै जितेपछि ६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सिंगापुरमा पनि ३ खेलबाट ६ अंकमा, थाइल्यान्ड ५ अंकमा, मलेसिया ३ अंकमा, भुटान र म्यानमार २ अंकमा रहेका छन् । ४ खेलमै पराजय भोगेको चीन खेलबाट बाहिरिसकेको छ ।
यो समूहबाट शीर्ष ३ राष्ट्र टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल चरणमा पुग्नेछन् र २ राष्ट्र विश्वकपमा छनोट हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।