हिजो राति र आज गरी १४९ नेपाली अफगानिस्तानबाट फर्किए
फाइल तस्बिर

अफगानिस्तानबाट आइतबार राति र सोमबार गरेर थप १४९ जना नेपाली स्वदेश फर्किएका छन् ।  आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना  र  कतार एयरको उडानबाट १०४ जना गरी जम्मा १४९ जना काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानबाट हालसम्म जम्मा ६५४ जना नेपाली स्वदेश फर्किएका छन् । 

नेपाल आएकालाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ । 

स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनका लागि समन्वय भइरहेको छ।

कन्सुलर सेवा विभागको बेस साइटमार्फत सोमबार साँझ ५ बजेसम्म ३६१ जना नेपालीले अफगानिस्तानबाट फर्किनका लागि विवरण दर्ता गरेको कन्सुर सेवा विभागले जनाएको छ । 



हालसम्म सम्पर्कमा आएका मध्ये २ जनाको राहदानी नभएको जानकारी प्राप्त भएकोले यात्रा अनुमति पत्र जारी गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । 



  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १८:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया