नेपालकाे नयाँ पार्टीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुने, कम्तिमा एक तिहाई महिला
फरकधार / ८ भदौ, २०७८

माधवकुमार नेपालको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो विधान सार्वजनिक गरेको छ । 



विधानअनुसार यो पार्टीमा केन्द्रीय सदस्यको संख्या १ सय ५१ जना हुने बताइएको छ । 

यसमा केन्द्रीय कमिटी अध्यक्ष एक जना, वरिष्ठ नेता १ जना, उपाध्यक्ष ७ जना, महासचिव १ जना, उपमहासचिव २ जना, सचिव ७ जना हुने छन् । पदाधिकारीको संख्या १७ जनाको बनाउन लागेको यो पार्टीमा ३६ जना वैकल्पिक सदस्य हुनेछन् ।

पार्टीको विधानमा एक तिहाई सदस्य महिला हुने पनि उल्लेख गरिएको छ ।



५१ सदस्यीय पोलिटब्युरो र २१ सदस्यीय स्थायी कमिटी पनि गठन गरिने नेपालको नयाँ पार्टीको प्रस्तावित विधानमा उल्लेख गरिएको छ ।

  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार ८:४५:८,   अन्तिम अपडेट : भदौ ८, २०७८ मंगलबार ८:४५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया