प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीप्रति संग्राैलाकाे व्यङ्ग्य, भन्छन्- विचारमा टाट, नैतिकमा च्यूत

लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्राैलाले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई विचारमा टाट, नैतिकमा च्यूत, भिजनमा ठिस भनी व्यङ्ग्य प्रहार गरेका छन् ।

संग्राैलाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्ताे व्यङ्ग्य प्रहार गरेका हुन् । उनले पत्रु पुस्तासमेत भनेका छन् । 

संग्राैलाले लेखेका छन्, ‘इष्टदेव ओलीलाई गद्दीबाट खसाले,"वर्ग" शत्रु देउवालाई गद्दीमा बसाले । र आत्महीन मुद्रामा ओली प्रवृत्तिमै घुलित भए । दाेस्राे पुस्ता हाेइन, यी पत्रु पुस्ता हुन् । विचारमा टाट, नैतिकमा च्यूत, भिजनमा ठिस । अब ओली प्रवृत्तिकाे कमाण्डमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई जमठ बनाउने हाेलान् । हरेराम !’





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १०:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया