भष्ट्राचार र धर्मपरिवर्तनकाे विरुद्धमा आन्दालेनकाे आँधीवेरी सिर्जना गर्नुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपाकाे महाधिवेशनपछि भष्ट्राचार र धर्मपरिवर्तनकाे विरुद्धमा आन्दाेलनकाे आँधीबेरी सिर्जना गर्ने बताएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे बताएका हुन् । उनले देशमा राजसंस्थाकाे पुनर्स्थापना गर्नेसमेत भनेका छन् ।

उनले लेखेका छन्, ‘राप्रपा महाधिवेशनपछि हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना तथा भ्रष्टाचार र धर्मपरिवर्तनको विरुद्धमा आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्छ । स्थानीय र संसदको चुनावबाट राप्रपालाई अग्रणी शक्ति बनाउनु पर्छ । त्यसैले समयमै जिल्ला अधिवेशन र सक्रिय सदस्य बनाउने काम सम्पन्न गरौँ ।’

राप्रपाले आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेकाे छ । 

 




 



  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १२:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया